भैरहवा जाँदै गरेको श्री एयरको जहाजको इन्जिनमा आगो लागेको चेतावनी,जहाज काठमाडौं फर्कदै

काठमाडौँ । काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको संकेत आएपछि जहाज काठमाडौं फर्किएर सुरक्षित अवतरण गरेको छ। सो जहाजमा रहेका चालक दलका सदस्य र यात्रुहरू सबै सकुशल छन् ।

नागरिक उड्यान प्राधिकरणका एक अधिकारीका अनुसार सुरूमा इन्जिनमा आगो लागेको भनेर आएको थियो, अहिले आगोको चेतावनी आएको भन्नेछ।

उडान नं। ८२१ को जहाजको इन्जिनमा आगो लागेको संकेत आएपछि  धादिङको थाक्रेबाट फर्किएको थियो । काठमाडौंबाट उडान भरेको केही समयमै काठमाडौं फर्किएको हो।

Comments
Loading...