गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी

काठमाडौँ । संघीय लोकतान्त्रिक गणतन्त्रको तेस्रो राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेल विजयी हुनुभएको छ । उहाँ निकटतम प्रतिस्पर्धी एमालेका सुवास नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

पौडेलले संघतर्फ २१४ र प्रदेशतर्फ ३५२ सांसदको मत पाउनुभयो भने नेम्वाङले प्रदेशतर्फ १६२ र संघतर्फ ९८ सांसदको मत पाउनुभयो । यस्तै पाँच मत भने बदर भएको छ ।

पौडेलले संघतर्फ १६९०६ र प्रदेशतर्फ १६८९६ मतभार प्राप्त गर्दा कुल मतभार ३३ हजार ८०२ रहेको छ। यसैगरी नेम्वाङले संघतर्फ सात हजार ७४२ र प्रदेशतर्फ सात हजार ७७६ गरी कुल १५५१८ मतभार प्राप्त गर्नुभयो ।

Comments
Loading...