पोखरामा सुजुकीको ग्राण्ड भिटारा र नयाँ ब्रेजा सार्वजनिक,तीन लाखसम्म छुट

हिमाली आवाज । मारुती सुजुकी गाडीको गण्डकी धौलागिरी क्षेत्रको आधिकारिक बिक्रेता बतास व्रदर्श प्रालिले पोखरामा आज नयाँ गाडी एसयूभी ‘द ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ को औपचारिक बिक्री सुरु गरेको छ ।

सुजुकी शोरुम नयाँबजारमा आयोजना गरिएको लञ्चिङ कार्यक्रममा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा)का अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, यातायात व्यवस्था कार्यालय गण्डकीका कार्यालय प्रमुख डिल्लीराज रिजाल र बतास ब्रदर्शका सिओओ राजेन रानाभाटले गाडीको अनावरण गरी बिक्री सुरु भएको घोषणा गर्नुभयो ।

ग्राण्ड भिटाराको मूल्य ६३ लाख ९९ हजार रुपैयाँबाट सुरु भइ ८८ लाख २९ हजार रुपैयाँसम्म पर्नेछन् भने ब्रेजाको मूल्य ४४ लाख ९९ हजार रुपैयाँदेखि ५६ लाख २९ हजार रुपैयाँसम्म पर्नेछ । गाडीको बिक्री शुभारम्का अवसरमा शनिबारसम्मका लागि रु तीन लाख छुटको व्यवस्था गरिएको सुजुकीका बिक्री प्रवन्धक नवराज अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो,“हामीले लञ्चिङका अवसरमा भोली शनिबारसम्मका लागि रु तीन लाख छुट दिएका छौँ । यसबाट ग्राहकहरु लाभान्वित हुने विश्वास छ ।”

‘द ग्राण्ड भिटारा’, सुजुकीको बहुप्रतिष्ठित मोडेल हो र यो नयाँ संस्करणको ग्राण्ड भिटारामा सुजुकीको आफ्नै ‘क्राफ्टेड फ्युचरिजम डिजाइन ल्याङवेज’को प्रयोग गरिएको छ । जसले अरु भन्दा फरक बाहिरी डिजाइन र प्रिमियम इन्टेरियर प्रदान गरेको बतासका सिओओ राजेश रानाभाटले बताउनुभयो ।

“पुरानो संस्करणको भिटारा ब्रेजा, नेपालकै सर्वाधिक बिक्री हुने एसयूभी हो । ब्रेजामा अत्याधुनिक प्रविधिहरू र नेक्स्ट–जेनेरेशनको आराम र सुविधाजनक फिचर्सहरु पाउन सकिनेछ । एक ठूलो फड्को मार्दै, यो स्पोर्टी एसयूभीले स्टाइलिश र रोमाञ्चक नयाँ डिजाइन, शक्तिशाली पर्फोमेन्स, उन्नत सुरक्षा सुविधाहरू प्रदान गर्दछ । नयाँ ब्रेजामा हाई–टेक सुविधाहरू छन् जुन सहर र बाहिर सडकहरूमा ड्राइभ गर्दा वास्तवमै उपयोगी हुन्छन् ।” रानाभाटले भन्नुभयो ।

सुजुकीको लेजेण्डरी ‘अल ग्रिप’ टेक्नोलोजीले उक्त एसयूभीको अफ–रोड क्षमता बढाउनेछ । यो सेग्मेन्टको एसयूभीमा नभएको थुप्रै नयाँ फिचर्सहरु पनि पाउन सकिन्छ । ग्राण्ड भिटारामा भारतीय बजारमै पहिलो पटक, अत्याधुनिक र कम इन्धन खपत गर्ने ‘फुल हाइब्रिड’ प्रविधियुक्त इन्जिन प्रयोग गरिएको छ ।

पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा)का अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले नयाँ बिक्री सुरु गरिएको यी दुबै गाडी सबैको रोजाईमा पर्ने विश्वास व्यक्त गर्नुभयो ।

Comments
Loading...