सार्दिखोला बचत सहकारीको सेवा केन्द्र खोराकोमुखमा सञ्चालनमा

हिमाली आवाज । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. २ सार्दिखोलामा प्रधान कार्यालय रहेको सार्दिखोला बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सेवा केन्द्र थप गरेको हो ।गाउँपालिकाभर कार्यक्षेत्र रहेको सो सहकारीले वडा नं ८ स्थित खोराकोमुखमा सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।

माछापुच्छ्रे गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले आज एक कार्यक्रमकाबीच खोराकोमुख सेवा केन्द्रको उद्घाटन गर्नुभयो ।
सो अवसरमा उहाँले सार्दिखोला बचत सहकारीले वित्तिय क्षेत्रमा गरेको मिहिनेत र प्रदान गरेको सेवाको मुक्त कण्ठले प्रशंसा गर्नुभयो ।

गाउँपालिका भरि भएका सहकारीको अनुगमनको क्रममा यस सार्दिखोला बचत तथा ऋण सहकारी संस्था उत्कृष्ट रहेको पाईएको उपाध्यक्ष अधिकारीले बताउनुभयो ।सहकारीको प्राणनै बचत भएकाले सदस्यहरुलाई नियमित बचत गर्न अधिकारीको विशेष आग्रह छ ।

माछापुच्छ्रे गाउँपालिका भरि कार्य क्षेत्र रहेको सो सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत त्यस भेगमा वातावरणीय सरसफाइ, रक्तदान, कृषकलाई बिउ बीजन वितरण, छात्रवृत्ति प्रदान तथा स्टेशनरी वितरण जस्ता रचनात्मक कार्यक्रम गर्दै आएको छ ।

कार्यक्रममा शहीद हरिप्रसाद आधारभुत माविमा अध्ययनरत दुई जना छात्र छात्रालाई जनही रु ५ हजारका दरले छात्रवृत्ति प्रदान गरेको सहकारीका प्रमुख कार्यकारी अधिकृत गोबिन्दराज आचार्यले जानकारी दिनुभयो । सहकारीका अध्यक्ष सर्वजीत गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्था प्रवद्र्धन तथा खोज बिशेष समितिका संयोजक सन्तोष आचार्यले स्वागत मन्तब्य प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा समाजसेवीहरु अप्सरा गौतम लामिछाने,जितबहादुर क्षेत्री, दुर्गा बहादुर गुरुङ र बलराम रानाभाटले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव राम प्रसाद आचार्यले गर्नु भएको थियो ।

Comments
Loading...