स्थानीय तहलाइ बलियो बनाउन सरकार लागि परेको छ:मन्त्री शर्मा

हिमाली आवाज । सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले नागरीहरुलाइ सेवा र सुविधा प्रदान गर्न स्थानीय तहलाइ बलियो बनाउन सँघीय सरकार लागि परेको बताउनुभएको छ ।

आँवुखैरेनी गाउँपालिकाको सातौँ स्थापना दिवसमा आयोतिज कार्यक्रमलाइ सम्बोधन गर्दै शर्माले भन्नुभयो, ’स्थानीय सरकार बलियो बनाउन हामीहरु लागि परेका छौँ । जेठ १५ गते प्रस्तुत हुने बजेट तयारीको क्रममा सुरु भएको छ,स्थानीय तहलाइ सँविधानले दिए अनुसारको काम गर्न बजेट दिने तयारीमा सरकार छ । ’

आँवुखैरेनी गाउँपालिकाले गरेका विकास निर्माणका काम सबैले देखेको बताउँदै आफ्नो ठाउँबाट आफूले सकेको सहयोग गर्ने बताउनुभयो ।
सञ्चारलाइ सहज र सरल बनाउन टेलिकमका टावरहरु बढाउने,सूचना प्राधिकरणको सहयोगमा समार्ट स्कुल निर्माण गर्ने, प्रविधिको सदुपयोग गर्न सिकाउने, साइवर नीति , साइवर कानुन समय अनुसार परिमार्जन गर्ने काममा मन्त्रालय लागि परेको उहाँले बताउनुभयो ।
मन्त्री शर्माले मिडिय काउन्सिल ऐन , सञ्चार ऐन, बनाउने कार्यमा ध्यान गएको बताउनुभयो ।

आँवुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकामा जन्मथलो भइ ख्याती कमाएका अग्रजलाइ सम्मान गरिएको थियो । गाउँपालिकाले स्वास्थ्य र शिक्षालाइ पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको छ ।

Comments
Loading...