शितल ज्योति कप सेभेन ए साइड फुटबलको उपाधि एलजी एकताले जित्यो

हिमाली आवाज । पोखरामा सञ्चालन भएकोे तेस्रो संस्करणको ‘शितलज्योति कप सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि एलजि एकताले जितेको छ ।

शितलज्योती युवा क्लब पोखरा—१२ को आयोजनामा यहाँस्थित अमरसिँह चौरमा यही फागुन २० गतेदेखी सञ्चालन भएको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा रत्न सेवा समाजलाई सडन डेथमा पराजित गरी एलजी च्याम्पियन बनेको हो ।

उपाधि विजेता एलजीले रु एक लाख ५५ हजार ५५५ नगद सहित ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार प्राप्द गर्दा उपविजेता रत्नले रु ८५ हजार ५५५ नगद सहित ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ ।

खेलको निर्धारित र अतिरिक्त समयमा समेत दुवै टोलीबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको हो । पेनाल्टी सुटआउटमा समेत समान तीन÷तीन गोल भएपछि टाईब्रेकरको सडेन डेथमा ७–६ मा एलजी च्याम्पियन बन्यो ।

सडेन डेथमा रत्न समाजका गोलरक्षक विश्वास पौडेलको प्रहार क्रसबारमा लागेर फर्कियो । एलजीका गोलरक्षक कृष्ण गुरूङले सडेन डेथमा गोल गरी टोलीलाई उपाधि दिलाउन सफल हुनुभयो ।

प्रतियोगितामा ई—लाइट फुटबल क्लब अनुशासित टोली घोषित भएको छ भने उसले ट्रफीको साथमा नगद रु आठ हजार पुरस्कार पायो । प्रतियोगितामा रत्न सेवा समाजका राकेश राई उत्कृष्ट खेलाडी घोषित हुनुभयो । उहाँले माउण्टेन वाइक पुरस्कार पाउनुभयो ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षकमा रत्न समाजका विश्वास पौडेल, उत्कृष्ट डिफेण्डरमा एलजीका प्रिन्स तुलाचन, उत्कृष्ट मिडफिल्डरमा रत्नका नकुल तामाङ, उत्कृष्ट प्रशिक्षकमा समाजका खिम छन्त्याल घोषित हुनुभयो ।

सर्वाधिक गोलकर्ताको उपाधि तारा एफसीका मनिस थापा मगरले पाउनुभयो । उहाँहरु सबैले जनही रु पाँच हजारका साथमा ट्रफी पुरस्कार प्राप्त गर्नुभयो ।विजयी खेलाडीहरुलाई नेपाल सेभेन ए साईड फुटवल महासंघका अध्यक्ष नवीन पुन, प्रतियोगिताका संयोजक सन्तोष गुरुङ, क्लबका अध्यक्ष नर प्रसाद गुरुङ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

Comments
Loading...