गुराँस इन्स्योरेन्स पोखराले दियो एक करोड ५६ लाख मृत्यु दावी भुक्तानी

हिमाली आवाज । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय पोखराले रु १ करोड ५६ लाख ६९ हजार ३९८ मृत्यु दावी भुक्तानी दिएको छ ।

तीन बर्ष अघि जीबन बीमा गरेका स्याङ्जा घर भई पोखरा १७ बिरौटा बस्दै आएका बिमित स्व मोदनाथ वाग्लेको परिवारलाई कम्पनीले सो बराबरको चेक हस्तान्तरण गरेको हो ।

मृतकका परिवार रेखा वाग्लेलाई गुराँस लाइफका क्षेत्रीय प्रमुख हरि शर्मा पौडेल एवं कम्पनीका अभिकर्ता एम डि आर टी कमला केसीले संयुक्त रुपमा चेक प्रदान गर्नुभयो ।

Comments
Loading...