तेस्रो हेरिटेज अफ फेसन नेपाल पोखरामा, टप मोडलहरु ¥याम्पमा उत्रे

हिमाली आवाज । तेस्रो हेरिटेज अफ फेसन नेपाल पोखरामा सम्पन्न भएको छ । असाप इन्टरटेन्मेन्टले आयोजना गरेको फेसन सोमा नेपालका टप मोडलहरु ¥याम्पमा उत्रेका थिए ।

पोखराको लेकसाइड स्थित हेरिटेज होटलमा भएको फेसन सो मा नेपालको फेसन डिजाइनिङमा ख्याती कमाएका डिजाइनरले तयार पारेका पहिरनमा मोडल ¥याम्पमा उत्रेका थिए । सो अवसरमा नेपालका विभिन्न जातजातिका पुख्रयौली पहिरनदेखि सांस्कृतिक सम्पदा झल्काउने पहिरन फेसनमा प्रदर्शन गरिएको थियो ।

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले फेसन सो कार्यक्रमको उदघाटन गर्दै नेपालको सांस्कृतिक प्रचारप्रसारमा कार्यक्रम मार्फत टेवा पुग्ने बताउनुभयो । उहाँले यस्ता कार्यक्रम मार्फत अहिलेका युवाहरुलाई नेपालको सभ्यता र सम्पदाका विषयमा समेत जानकारी मिल्ने उल्लेख गर्नुभयो । प्रदेश सरकार पनि प्रदेशको सांस्कृतिक सम्पदाको संरक्षणमा लागि परेको भन्दै अधिकारीले सो कार्यक्रमको निरन्तरताको अपेक्षा गर्नुभयो ।

कार्यक्रममा शो स्टपरको रुपमा पोखराका व्यवसायी एवम चलचित्रकर्मी सन्तोष अधिकारी ¥याम्पमा आउनुभयो । उहाँले नेपालको संस्कृति झल्काउने पहिरन लगाउँदै अधिकारीले यसअघि पनि नेपाल लगायत अष्ट्रेलियामा आयोजना गरिएको फेसन सो मा शो स्टपरको रुपमा ¥याम्पमा उत्रिनुभएको थियो । चलचित्र आमाको सह—निर्माता समेत रहेका अधिकारीले नै हेरिटेज अफ फेसन नेपालको अवधारणा ल्याउनुभएको हो । अधिकारी सँगै सुनीसा बजगाई, एण्जल श्रेष्ठ, स्वीन्जा सुमन, दिपा मगर शो स्टपरको रुपमा ¥याम्पमा उत्रिनुभयो।

फेसन सोमा डिजाइनहरु तिर्सना गुरुङ, रोबिन परियार, अमितेस कर्ण, मनिस बोगटी, आयुश ठकुरी, सजिना बिष्ट, ज्वाला राज पोखरेलको डिजाइन प्रस्तुत गरिएको थियो । कार्यक्रममा कलाकार अर्पण थापाको विशेष उपस्थिति थियो भने चलचित्र निर्माता शर्मिला पाण्डे, निर्देशक घनश्याम लामिछाने, नेपाल एयरलायन्सकी क्याप्टेन भावना पन्त, सुरज पाण्डे, संचारकर्मी जीपी तिमिल्सिना, विवेक सिंह ठकुरीको उपस्थिति थियो । काजल तामाङ र अमृता कुमारी बिष्टले मेकअपमा साथ दिनुभयो । नबराज श्रेष्ठको सांगीतिक प्रस्तुति रहेको कार्यक्रमलाई विवेक खतिवडाले संचालन गर्नुभयो।

Comments
Loading...