लेखनाथमा ‘रिबर बैंक इको रिर्सोट’ खुल्यो, मेन्युमा गाउँकै अर्गानिक खाना

हिमाली आवाज । लेखनाथमा रिबर बैंक इको रिर्सोट संचालनमा आएको छ । पोखराका युवा व्यवसायी सोसिभ भुर्तेलले उक्त रिर्सोट संचालनमा ल्याउनुभएको हो । पोखरा देखि २५ मिनेटमा पुगिने रिर्सोट पोखरा २८ स्याङखुदी लेखनाथमा अवस्थित छ । गाउँकै अर्गानिक खाना उपलब्ध गराउने गरी रिर्सोट संचालनमा ल्याएको भुर्तेलले बताउनुभयो । लोकल कुखुरा, लोकल खसी र माछाका पारखीहरुलाई रिर्सोट उपयुक्त हुने भनाई भुर्तेलको छ ।

करिब एक करोड लगानीमा संचालनमा आएको रिर्सोट मार्फत पोखराको पर्यटन क्षेत्रमा टेवा पुग्ने विश्वास लिइएको छ । रिर्सोटको वरिपरि शान्त वातावरण छ । शहर देखि केही पर गाउँमा बस्न जान चाहनेहरुका लागि रिबर बैंक इको रिर्सोट रोजाईमा पर्न सक्छ । सुलभ दरमा आनन्ददायी बसोबासका लागि स्याङखुदी आउन उहाँको आग्रह छ ।

विदेश नगएर स्वदेशमा नै केही गर्ने उद्देश्य सहित आफु व्यवसायी क्षेत्रमा लागि परेको भनाई भुर्तेलको छ । ‘पछिल्लो समय हामी जस्ता युवाहरु घरदेश छाडेर परदेश जाने बाध्यता बढ्दो छ । तर मैले त्यसो गरिन । सानै भए पनि पोखराको न्युरोडमा फुडबैंक संचालनमा ल्याए । अहिले रिर्सोट संचालनमा ल्याएको छु । विदेश जाने सोच छैन । आशा छ सबैको माया रिर्सोटलाई मिल्नेछ ।’ उहाँले भन्नुभयो ।

रिर्सोटको लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, पूर्व अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी र महासचिव भुपेन्द्रराज सुवेदीले उदघाटन गर्नुभयो । अध्यक्ष आत्रेयले आर्थिक मन्दीको समयमा पनि रिर्सोट संचालन गर्नु नै हिम्मतको काम भएको उल्लेख गर्नुभयो । उहाँले युवाहरु अब विदेश होइन स्वदेशमा नै केही गर्ने उद्देश्य बोकेर आउनुपर्ने धारणा राख्नुभयो ।

Comments
Loading...