दलित मुक्ति मोर्चाको गण्डकी प्रदेश सम्मेलनको तयारी

हिमाली आवाज । नेपाल दलित मुक्ति मोर्चा  गण्डकी प्रदेश समितिको प्रथम प्रदेश सम्मेलन यही चैत्र २९ र ३० गते पोखरामा हुने भएको छ । उक्त प्रथम प्रदेश सम्मेलनको मुल नारा आजको उपलव्धिको रक्षा एबं प्रयोग गर्दै बिशेषाधिकार प्राप्तिकोे लागि शसक्त आन्दोलन ! पुर्ण समानुपातिक प्रतिनिधित्व, सामाजिक न्याय, सुशासन र समुद्धिको पक्षमा प्रथम प्रदेश सम्मलेन !! तय भएको जानकारी प्रदेश संयोजक भिम बहादुर बिक(क्षितिज)ले जानकारी दिनुभयो ।

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा दलित मोर्चा केन्द्रीय फ्याक्सन इन्चार्ज, संबिधान सभा सदस्य परशुराम रम्तेलको प्रमुख आतिथ्यतामा सम्पन्न मोर्चा प्रदेश बैठकले प्रदेश सम्मेलन तय गरेको हो । सम्मेलनको लागि भिम बहादुर बिक(क्षितिज)को संयोजकत्वमा १३१ सदस्यीय आयोजक समिति गठन गरिएको छ । साथै सम्मलेन व्यवस्थापनको लागि बिभिन्न उपसमितिहरु बनाइएको छ । सम्मेलनका लागि राजनैतिक तथा संगठनात्मक प्रतिवेदन उपसमितिमा संयोजक भीम  क्षितिज सदस्यहरु डिल बहादुर सेन्चुरी, दुर्गा दर्जी र दमयन्ती रुचाल, प्रचार प्रसार उपसमिति संयोजकमा डिल बहादुर सेन्चुरी सदस्यहरुः रुकबिर सुनार, दुर्गा रसाइली नवलपूर, होम बि.क. लमजुङ, बालकुमारी सुर्खाली  हुनुहुन्छ । यसैगरी आर्थिक व्यवस्थापन उपसमिति संयोजकमा कुविर बिश्वकर्मा तथा सदस्यहरुमा जिल्ला इन्चार्जहरु र जिल्ला संयोजकहरु सदस्य हुनुहुन्छ ।

मेश मञ्च व्यवस्थापन उपसमिति संयोजकमा डम्मर बहादुर परियार, सदस्यहरु डिल बहादुर नेपाली, अतिथि सत्कार उपसमितिः संयोजकमा लाल बहादुर परियार र सदस्यहरु पहलसिंह बिश्वकर्मा, संगिता परियार, स्वंयमसेवक उपसमिति संयोजक धिरेन्द्र बिश्वकर्मा तथा सदस्यहरु सदस्यहरु रुद्र बहादुर बि.क., छ प्रसाद श्रीपाली, अनिल बि.क, सरु श्रीपाली , प्रतिनिधि व्यवस्थापन उपसमितिः संयोजकमा टिका कुमारी बि.क र सदस्यहरु नेत्र बहादुर सुनार, पृथलाल बि.क रहनुभएको छ । यसैगरी सांस्कृतिक उपसमिति संयोजकमा डिल बहादुर परियार सदस्यहरु याम बहादुर गोतामे,  आवास व्यवस्थापन उपसमिति संयोजकमा सरस्वती परियार र निर्वाचन समिति संयोजक शिव सुनार र  सदस्यहरु तेज बहादुर मिजार र सुकमाया परियार रहनुभएको छ ।

सम्मेलनमा ४३३ जना प्रतिनिधी सहभागी हुने बताइएको छ । सम्मेलनको लागि गण्डकी प्रदेशको सबै पालिकाहरुबाट प्रतिनिधित्व हुने बताइएको छ । उक्त मोर्चाको छैटौं राष्ट्रिय सम्मेलन २०८० बैशाख २३, २४ र २५ गते काठमाडौं हुनेछ ।

Comments
Loading...