देशभित्र व्यावसायिक वातावरण बनाउन उम्मेदवारी :अञ्जन श्रेष्ठ

हिमाली आवाज । आगामी चैत २८ र २९गते हुने नेपाल उद्योग वणिज्य महासंघको अधिवेशनमा वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठले उम्मेदवारी दिनुहुने भएको छ ।

संघमा हाल उपाध्यक्ष रहनुभएका श्रेष्ठले आज पोखरामा आयोजित कार्यक्रममा देशभित्र व्यावसायिक वातावरण बनाउनका लागि आफूले उम्मेदवारी दिएको बताउनुभयो ।

सञ्चारकर्मीसँग आयोजना गरिएको अन्तरक्रियामा उहाँले आफ्नो २० वर्षको अनुभवले उद्योग बाणिज्य सङ्घको नेतृत्वमा रहेर काम गर्न सहज हुने बताउनुभयो ।

श्रेष्ठले महासंघसँग आवद्ध भएर काम गरेको २० वर्षको अनुभव, ३० वर्षको व्यवसायिक अनुभव र महासंघमा १५ वर्ष कार्यसमितिमा बसेर काम गरिसकेको र एक कार्यकाल पदाधिकारी भएर काम गरिसकेको अनुभव भएकाले वरिष्ठ उपाध्यक्षमा योग्य उम्मेद्वार आफू रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो,“नयाँ सोचका साथ व्यापार नीतिहरु ल्याउनुपर्छ र संसक्त संगठन बिस्तार गर्नुपर्छ । त्यस्तो संगठन बिस्तार गर्न आफ्नो अनुभवले संगठन बिस्तार गर्न भुमिका खेल्नसक्छु । त्यही अनुसार मैले नेतृत्व उन्मुख भएर आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षको उम्मेद्वारी दिने घोषणा गरेको छुृ ।”

श्रेष्ठले बैँक तथा वित्तिय संस्थाको चर्को ब्याजदरका कारण उद्योगी व्यवसायीहरु समस्यामा परेकाले उद्योग बाणिज्य महासंघले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको र प्रधानमन्त्रीबाट समस्या समाधान गर्ने प्रतिवद्धता प्राप्त भएको बताउनुभयो ।

Comments
Loading...