एन्फा कास्कीका अध्यक्ष रन्जितलाई पितृ शोक

हिमाली आवाज । कास्की जिल्ला फुटवल संघ (एन्फा) का अध्यक्ष एवं पूर्व फुटवल खेलाडी उज्जल रन्जितलाई पितृ शोक परेको छ ।

पोखरा १० रामबजार निवासी रन्जितका बाबु लक्ष्मण रन्जितको ७९ बर्षको उमेरमा हिजो बेलुका निधन भएको पारिवारीक श्रोतले जनाएको छ । लामो समय वन कार्यालयमा कार्यरत लक्ष्मण मृगौला रोगबाट प्रभावित भएको बताइन्छ ।

आज बिहान ९ः०० बजे निवास रामबजारबाटै शवयात्रा सहित अन्तिम दाहसंस्कार हुने भएको स्थानीय शुर्दशन रन्जितले जानकारी दिनुभयो । स्वर्गीय लक्ष्मणका १ श्रीमती, ३ छोरा, २ छोरी रहेका छने भने उज्जल माइला छोरा हुनुहुन्छ ।

Comments
Loading...