गण्डकी प्रदेश सरकारबाट बाहिरिने माओवादी निर्णय,आजै मन्त्रीहरुले राजीनामा बुझाउने

हिमाली आवाज । गण्डकी प्रदेश सरकारबाट नेकपा(माओवादी केन्द्र) बाहिरिने भएको छ । माओवादीको आज बसेको संसदीयदलको बैठकले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

माओवादी मन्त्रीहरुले आज साँझ मुख्यमन्त्री खगराज अधिकारी समक्ष राजीनामा बुझाउने माओवादी केन्द्रका प्रमुख सचेतक सुशिला सिंखडाले जानकारी दिनुभयो । गण्डकीमा माओवादीबाट भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमान र उद्योग पर्यटन तथा वनमन्त्री रेशम जुग्गाली मन्त्री हुनुहुन्छ ।

माओवादीले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकार संकटमा परेको छ । मुख्यमन्त्रीले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान छ । विश्वासको मत प्राप्त नगरे अधिकारी सरकार ढल्नेछ ।

Comments
Loading...