सेती नदी संरक्षणका लागि संस्थागत पहलको सुरुआत

हिमाली आवाज । सेती नदीको दोहोन रोकी संरक्षणका लागि सुरु गरिएको सेती संरक्षण अभियानले संस्थागत आकार लिने भएको छ । केही समयदेखी सञ्चालन भएको सेती बचाउ अभियानलाई संरक्षण संस्थाका रुपमा अघि बढाइने भएको हो ।

माछापुच्छ«े गाउँपालिका वडा नं ३ घाचोकमा आज भएको भेलाले सेती संरक्षण अभियान नामक संस्था दर्ता गर्ने गरी सेती संरक्षण अभियन्ता हेमराज पौडेलको अध्यक्षतामा संरक्षण संस्थाको तदर्थ समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा धर्मराज बास्तोला, सचिव सोमनाथ पौडेल, सहसचिव केशवराज अधिकारी र कोषाध्यक्ष सीता पौडेल(आचार्य) रहनुभएको छ ।

यसैगरी सदस्यहरुमा धरेन्द्रनारायण पौडेल, भुवन पोखरेल, घनश्याम तिमिल्सिना, श्रीप्रसाद घले र चन्द्रा थापा अधिकारी रहनुभएको छ ।
संस्थाले सेती नदीको वैज्ञानिक नक्सांकन गर्नका लागि सरोकारवाला निकायमा पैरवी गर्ने, संरक्षणको वैज्ञानिक योजना निर्माण गरी लागू गर्नका लागि तीनै तहका सरकारसँग पैरवी र सहकार्य गने भएको छ ।

यसैगरी सेती नदी र यसका मुख्य सहायक नदीहरुको जलाधार लगायत जल, जमिन, जंगल, भौतिक पूर्वाधार र धार्मिक तथा सांस्कृतिक स्थल र संरचनाहरुको संरक्षण र वैज्ञानिक उपयोग सम्बन्धी जनसमुदायमा सचेतना फैलाउने र दोहनको खबरदारी गर्ने संस्थाका अध्यक्ष हेमराज पौडेलले बताउनुभयो ।

सुुरुआतमा सेती नदी बचाउ अभियानको कार्य क्षेत्र पोखरा महानगरपालिका र माछापुच्छ्रे गाउँपालिका रहेको छ । माछापुच्छ«े गाउँपालिकाका वडा नं १,२,३ र वडा नं ४ तथा पोखरा महानगरका वडा नं १९, २५, १६ बाट प्रतिनिधित्व गर्ने गरी तदर्थ समितिका अध्यक्ष र पदाधिकारी र सदस्य चयन गरिएको हो । यसअघि वडाहरुमा सेती नदी बचाऔँ जनअभियानका भेलाहरु भएर वडास्तरीय समिति गठन गरिएको थियो।

सेती बचाउ अभियानले यसअघि पोखरा महानगरपालिका—१९ र माछापुच्छ्े गाउँपालिकाको सेती नदीको तटीय क्षेत्रमा विनाश बढेको भन्दै उत्खनन् बन्द गर्न उच्च अदालत पोखरामा रिट दायर गरेको थियो ।

सेती नदीबाट ढुंगा, माटो, गिटी, बालुवा लगायत नदीजन्य पदार्थको जथाभावी उत्खनन् भइरहेको विषयमा परेको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले तत्काल उत्खनन् रोक्न अन्तरिम आदेश जारी गरेको थियो ।

अदालतको आदेशपछि समेत उत्खनन् नरोकिएको भन्दै अभियन्ताहरुले प्रशासनको ध्यानाकर्षण गराएका छन् । केही वर्षदेखी नदीमा डोजर, एक्साभेटर लगायतका सामग्री प्रयोग गरी नदी दोहन गरिदा तटिय क्षेत्रमा वातावरणीय असर पुगेको अभियन्ता तारानाथ पौडेलले बताउनुभयो ।

Comments
Loading...