मादी गाउँपालिकामा माओवादीको जनतासँग पार्टी अभियान

हिमाली आवाज । नेकपा(माओवादी) केन्द्रले कास्की जिल्लारभ जनतासँग माओवादी पार्टी अभियान सञ्चालन गरिरहेको छ । अभियानका क्रममा पार्टीका बैठक, संगठन विस्तार र पुनःगठनलाई अभियानका रुपमा सञ्चालन गरिएको छ ।

सोही क्रममा आज मादी गाउँपालिका वडा नं १० र ११ को संयुक्त बैठक मादी गाउँपालिकाको पर्यटकीय गन्तव्य लम्तरीमा बसेको छ । कार्यक्रममा मादीमा अभियान सञ्चालनमा बारेमा बृहत छलफल तथा अन्तरक्रिया सहित कार्ययोजना निर्माण गरिएको छ ।

बैठकमा गाउँपालिका इन्चार्ज लालबहादुर गुरुङले राजनीतिक सांगठनिक अवस्थाका बारमो जानकारी गराउँदै आगामी निर्वाचनमा गठबन्धन नगरिकन एक्लै चुनाव लडेर विजयी हुने गरी पार्टी निर्माणमा लाग्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य एवं संविधानसभाका सदस्य तेजकुमारी पौडेलले माओवादीले मात्र जनताका समस्या समाधान गर्ने गरेको बताउनुभयो ।

अर्का केन्द्रीय सदस्य बखानसिँह गुरुङले देशमा हासिल भएका सबै परिर्वतन र उपलब्धिको संवाहक माओवादी भएको बताउनुभयो । कार्यक्रममा पार्टी गण्डकी प्रदेश कमिटी सदस्य कल्पना पाण्डे, मादी गाउँपालिका सचिव सन्तोष अधिकारी, पोखरा महानगर कमिटी सदस्य सूर्यप्रकाश तिवारी, पार्टी नेताहरु बुद्धिबहादुर खनाल, मित्रलाल गुरुङ लगायतले अभियानलाई मादीमा भव्यताका साथ सफल पार्नुपर्नेमा जोड दिनुभयो ।

Comments
Loading...