सामुदायिक वन महासंघ अन्नपूर्ण गाउँपालिका अध्यक्षमा अधिकारी

हिमाली आवाज । सामुदायिक वन उपभोक्ता महासंघ अन्नपूर्ण गाउँपालिकाको दोश्रो अधिवेशनले बाबुराम पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्वत चयन गरेको छ ।

पाँच बर्षे कार्यकाल रहेको सो समितिको उपाध्यक्षमा दुर्गाप्रसाद पौडेल,पूणर्कुमारी क्षेत्री, कोषाध्यक्षमा गिता पौडेल, सदस्यहरुमा दर्गादत्त दाहाल, शोभाखर अधिकारी, हरिमाया अधिकारी र सुभित्रा गुरुङ रहनु भएको छ । बाँकी सदस्य समितिको बैठकले मनोनित गर्ने छ ।
अधिवेशनले प्रदेश प्रतिनिधिमा लक्ष्मी दाहाल, लक्ष्मी सुवेदी, दिलमाया सुनारा, राधा अधिकारी, नारायणप्रसाद पौडेल, हरिबहादुर केसी, प्रमेवहादुर केसी, चेतभक्त लम्साल र जिता पौडेल, सुष्मा दाहाल, कविता विश्वकर्मा, चुडामणी पौडेल, अनन्तराज अधिकारी धनपति अधिकारीलाई जिल्ला अधिवेशन प्रतिनिधिमा निर्वाचित गरेको छ ।

अन्नपुणर् गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले अधिवेशनको उद्घानट गर्दै प्राकृतिक श्रोतको व्यवस्थापनमा स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुको विकल्प नरहेको बताउनुभयो ।

उपभोक्ताको कठोर मेहनतबाट उजाड वन हराभरा भएको स्मण गर्दै उहाँले वन पैदावारको निकासीमा देखिएका कानूनी अड्चन हटाएर प्राकृतिक श्रोतलाई समृद्धिको आधार बनाउनु पर्नेमा जोड दिनुभयो ।

वनलाई आयआर्जनको श्रोत बनाउन समुहसंग सहकार्य गर्न गाउँपालिका कठिवद्ध रहेको उल्लेख गर्देै अध्यक्ष केसीले भन्नुभयो, वनको संरक्षण, संवद्धनसंगै उपभोक्तालाई आयआर्जनसंग जोडने खालको स्थानीय वन ऐन निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य एवम् प्रचार विभाग प्रमुख हरि बास्तोलाले महासंघमा मुलुकका २२ हजार चार सय ३३ समुह आवद्ध रहेको बताउँदै जन अन्तर्गत २९ लाख ७ हजार ८७१ घरधुरीले २२ लाख २७ हजार ६७० हेक्टर क्षेत्रफल ओगटेको जानकारी दिनुभयो ।
सर्वसुलभरुपमा वन पैदावार उपयोग र बिक्री वितरण गर्ने खालको निती निर्माण गरि हरित रोजगार सिर्जना गर्नुका साथै मानव बन्यजन्तुद्धन्द अन्त्यका लागि राज्य जिम्मेवार हुनुपर्नेमा उहाँको जोड थियो ।

गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारीले प्राकृतिक श्रोतमा स्थानीय वासिन्दाको पहुँच पुर्‍याउन अन्पूणर् संरक्षण क्षेत्र (एक्याप) खारेज गर्नुपर्नेमा जोड दिनुभयो ।

महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले वन ऐन र विनियम र कार्ययोजनाको व्यवस्था अनुसार वनको संरक्षण, सम्वद्र्धन र उपयोग गर्न उपभोक्तालाई आग्रह गर्दै वनका हेराला उपभोक्तालाई दुःख नदिन सम्वन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

स्थानीय महासंघका अध्यक्ष अनन्त अधिकारीको अध्यक्षतमा भएको कार्यक्रममा महासंँघ कास्कीका अध्यक्ष विश्वनाथ लामिछाने, सवडिभिजन वन कार्यालयका थानेश्वर पौडेल, बाबुराम पौडेल, इन्द्रप्रसाद पौडेल लगायतले वनको महत्व र आवश्यकता माथि चर्चा गर्नुभएको थियो ।

Comments
Loading...