माओवादी निकट प्रगतिशिल चिकित्सक संघ गण्डकीको अध्यक्षमा डा दिनेश

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) निकट प्रगतिशिल चिकित्सक सङ्घ नेपाल गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनले डा दिनेशकुमार विकको अध्यक्षतामा १५ सदस्सीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ ।

समितिको आज पोखरामा सम्पन्न अधिवेशनले नेतृत्व चयन गरेको हो । समितिको उपाध्यक्षमा डा रामहरि दाहाल, सचिव डा सरोज दाहाल र कोषाध्यक्षमा डा अमुल्य सोती चयन हुनुभयो ।

यसैगरी सदस्यहरुमा डा विपिन सुवेदी, डा पुरन विक, डा सुभाष भुर्तेल,डा शिव विक,डा सुदन अधिकारी र डा दृश्य विश्वकर्मा रहनुभएको छ । पाँच सदस्य पछि थप गरिने प्रगतिशिल जनस्वास्थ्यकर्मी महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शिव केसीले जानकारी दिनुभयो ।

बन्दसत्रमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्राडा थापाले नयाँ कार्यसमितिको प्यानल प्रस्तुत गर्नुभएको थियो ।

Comments
Loading...