घनश्याम लामिछानेको निर्देशनमा ‘चित्रा’ मार्फत सन्तोष अधिकारी को डेब्यु

हिमाली आवाज । राम नवमीको अवसरमा बिहीबार ‘चित्रा’ को घोषणा गरिएको छ । आगामी भदौबाट छायांकनमा जाने सिनेमामा निर्माता सन्तोष अधिकारीको मुख्य भूमिका रहनेछ । चित्रामा सन्तोष अधिकारी को साथमा अर्पण थापा को पनि अभिनय रहने छ।

पारिवारिक कथामा निर्माण हुने सिनेमाको छायांकन नेपालमानै गरिनेछ । सिनेमाले मध्यम वर्गीय बाबु र छोरीको कथा प्रस्तुत गर्ने निर्देशन लामिछानेले बताउनुभयो । निर्देशक लामिछाने निर्देशनमा निर्माण भएको सिनेमा ‘लण्डन टु पेरिस’ प्रदर्शनको तयारीमा छ । यो सिनेमाको प्रदर्शन पश्चात ‘चित्रा’ फ्लोरमा जाने तयारी भैरहेको छ ।

उहाँले ‘धौली, पञ्चेबाजा, अग्निदहन’ लगायतका सिनेमा निर्देशन गरिसक्नुभएको छ । ‘चित्रा’ एसाप इन्टरटेनमेन्टको प्रस्तुतिमा सन्तोष अधिकारी फिल्मस्को ब्यानरमा निर्माण हुनेछ । भावना पन्तको लगानी रहने सिनेमाको कथा अजय अधिकारीले तयार पार्नुभएको हो ।

अजयको कथालाई अहिले मनिष गौतमले पटकथा तथा संवादमा ढाल्नुभएको छ । सिनेमामा कथाकार अधिकारीको गीत रचना र सुरेश राईको संगीत रहनेछ । निर्माता अधिकारीले केही समय अगाडि ‘डलर एयुडी’ नामक सिनेमाको पनि निर्माण घोषणा गरेका थिए । त्यो सिनेमा पनि चाँडै फ्लोमा जाने तयारीमा रहेको अधिकारीले बताउनुभयो । उहाँले निर्माण गरेको सिनेमा ‘तीन जन्तु’ प्रदर्शनको तयारीमा छ ।

Comments
Loading...