एसिया कप ट्रायथोलन : लक्जम्बर्गका बब र स्लोभाकियाका विकानोभा च्याम्पियन

हिमाली आवाज । पोखरामा आज सम्पन्न एशिया कप ट्रायथोलन च्याम्पियनसीपमा पुरुषतर्फ लक्जम्बर्गका बब हलर र महिलातर्फ स्लोभाकियाका माग्ररेटा विकानोभा च्याम्पियन बन्नुभएको छ ।

नेपाल ट्रायथोलन सङ्घको आयोजनामा पोखराको लेकसाइडमा आयोजना भएको प्रतियोगितामा पुरुषतर्फ बब हलरले ७५० मिटर पौडी, २० किमी साइक्लिङ र पाँच किमी दौड गरी निर्धारिता दूरी ५५ मिनेट ५५ सेकेन्डमा पूरा गरी प्रथम स्थान हासिल गर्नुभएको हो ।

उज्वेकिस्तानका एलेक्सान्द्र कुरिशोभ मात्र दुई सेकेण्डले पछि पर्नुभयो । उहाँले निर्धारित दूरी ५५ मिनेट ५७ सेकेन्डमा पूरा गर्नुभएको थियो ।
यसैगरी लक्जम्बर्गकै स्टेफन जाचाउसले ५६ मिनेट एक सेकेन्डमा निर्धारित दूरी पूरा गरी तृतीय बन्नुभयो । जापानका क्योटारो योसिकावाले समग्रमा ५६ मिनेट नौ सेकेन्डमा पौडी, साइक्लिङ र दौड पूरा गरी सान्त्वना स्थान हासिल गर्नुभएको छ ।

पुरुषतर्फ नेपाल सहित लक्जम्बर्ग, उज्वेकिस्तान, जापान, उरुग्वे, अष्ट्रिया, अष्ट्रेलिया, काजाकिस्तान, स्लोभाकिया, युएई, प्लोस्टाईन, न्युजिल्याण्ड र भारतका गरी ४७ खेलाडीहरुले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।महिलातर्फको प्रतिस्पर्धामा विकानोभाले निर्धारित दूरी एक घन्टा चार मिनेट ५१ सेकेण्डमा पूरा गरी च्याम्पिन बन्नुभएको हो । यसैगरी जापानकी मिनेरी इकिनोले एक घन्टा पाँच मिनेट १८ सेकेण्डमा दुरी पूरा गरी उपविजेता बन्नुभयो ।

जापानकै चिसालो नाकाजिमाले एक घन्टा पाँच मिनेट ३० सेकेण्डमा दूरी पूरा गरी तृतीय स्थान हासिल गर्नुभएको नेपाल ट्रायथोलन सङ्घले जनाएको छ ।साउथ एसिया कप च्याम्पियनसीपमा पुरुष तर्फ भारतका आदर्श मुरारिधर नाइर सिनिमोलले उपाधि जित्नुभएको छ ।
उहाँले एक घण्टा चार मिनेट १६ सेकेन्डमा दूरी पूरा गर्नुभयो । भारतकै विश्वनाथ यादवले एक घण्टा छ मिनेट २५ सेकेन्ड पार गर्दै उपविजेता बन्दा नेपालका वसन्त थारु एक घण्टा छ मिनेट ५२ सेकेन्डमा दूरी पूरा गरी तृतीय बन्नुभयो ।

साउथ एसिया कप च्याम्पियनसीप महिलातर्फ भारतका प्रज्ञा मोहन प्रथम, भारतकै मान्सी मोहित द्धितीय र नेपालकी श्रेवी महर्जन तृतीय हुनुभयो ।नेपाल तर्फको राष्ट्रिय ट्रायथोलनको प्रतिस्र्धामा पुरुष तर्फ वसन्त थारु च्याम्पियन बन्नुभयो । उहाँले एक घण्टा छ मिनेट ५२ सेकेन्डमा दूरी पूरा गर्दा दिपेश चौधरीले एक घण्टा नौ मिनेट १७ सेकेन्डमा पूरा गरी द्धितीय बन्नुभयो ।मौलिक महर्जनले पौडी निर्धारित दूरी पूरा गर्न एक घण्टा ११ मिनेट तीन सेकेन्ड समय लगाउनुभयो ।

यसैगरी महिलातर्फको राष्ट्रिय प्रतिष्पर्धामा श्रेवी महर्जन प्रथम हुनुभयो भने केशरी थापा मगरले द्धितीय स्थान हासिल गर्नुभयो । ट्रायथलनमा महिला÷पुरुष उपाधि बिजेताले मेडल, प्रमाण पत्रका साथ छ सय ३० डलर पुरस्कार प्राप्त गरेका छन् ।

यसैगरी द्धितीय हुनेले पाँच सय २५ डलर, तृतीयले चार सय २० डलर र सान्त्वनाले तीन सय १५ डलर पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ ।

विजयी खेलाडीहरुलाई गण्डकी प्रदेशसभा सदस्य प्रकाश बराल,निर्वतमान प्रदेशसभा सदस्य दीपक कोइराला, नेपाल ट्रायथोलन सङ्घका केन्द्रीय अध्यक्ष निलेन्द्र राज श्रेष्ठ, कास्कीका अध्यक्ष सुमन देवकोटा लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

Comments
Loading...