कास्की जिल्ला ट्रायथोलन संघमा नयाँ नेतृत्व,अध्यक्षमा प्रमेश

हिमाली आवाज । नेपाल ट्रायथोलन संघ अन्तर्गत कास्की जिल्ला संघ गठन गरिएको छ ।पोखरामा आज सम्पन्न संघको साधारणसभाले प्रमेश पराजुलीको अध्यक्षतामा नौ सदस्यीय नेपाल ट्रायथोलन संघ कास्की जिल्ला समिति गठन गरेको हो ।

संघको उपाध्यक्षमा डा उमेश पराजुली, सचिव वामदेव सुवेदी, सहसचिव सरस्वती गोतामे सुवेदी र कोषाध्यक्ष आदर्शमान श्रेष्ठ रहनुभएको छ ।
यसैगरी सदस्यहरुमा श्रीभद्र पौडेल, जगत दोली, सुवर्ण आचार्य र विकास श्रेष्ठ रहनुभएको छ ।

संघको विशेष साधारणसभाले दिएको म्याण्डेट अनुसार जिल्ला संघको साधारणसभाबाट नयाँ समिति निर्वाचित गरिएको निर्वतमान अध्यक्ष सुमन देवकोटाले जानकारी दिनुभयो ।

नेपाल ट्रायथोलन संघका केन्द्रीय अध्यक्ष निलेन्द्रराज श्रेष्ठले संघीयताको कार्यान्वयनसँगै ट्रायथोलन संघलाई समेत सोही अनुसार प्रदेश र जिल्लाहरुमा विस्तार गरिएको बताउनुभयो । उहाँले ट्रायथोलन खेलले खेल पर्यटनसँगै विदेशी मुद्ध्रा आर्जनमा ठूलो योगदान गरेको उल्लेख गर्नुभयो ।

साधारणसभामा नेपाल ट्रायथोलन संघका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेशका निर्वतमान प्रदेशसभा सदस्य दीपक कोइराला, गण्डकी प्रदेशसभा सदस्य एवं संघका केन्द्रीय सदस्य प्रकाश बराल लगायतको उपस्थिति रहेको थियो ।

Comments
Loading...