हिमाली आवाज । छुवाछुत गरेको आरोपमा कास्कीको माछापुच्छ्रे गाउँपालिकाका एक जनप्रतिनिधि पक्राउ परेका छन् । ब्रतबन्धमा निम्तो मान्न पुगेका व्यक्तिलाई जातीय विभेद गरेको आरोप लागेका कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य रामजी लामिछानेलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।
जनप्रतिनिधि लामिछानेले कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नम्बर ५ रिभानका सन्तोष परियारका छोराहरुको ब्रतबन्धमा दलितलाई सहभोज गर्नबाट रोकेको आरोप छ । ब्रतबन्धको निम्तो मान्न पुगेका पोखरा–२९ भण्डारढीक बस्ने नारान भन्ने नारायण दमाई परियारलाई जातिय विभेद हुने गालीगलौज गर्दै सहभोज गर्नबाट रोकेको लामिछानेमाथि आरोप छ ।

घटना लगत्तै पीडित परियारले कास्की प्रहरीमा किटानी जाहेरी दिएका थिए । सोहि जाहेरीका आधारमा जनप्रतिनिधि लामिछानेलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो ।
यसअघि प्रहरीले ब्रतबन्धमा निम्तो गर्ने सन्तोष परियार र जातिय विभेद गर्ने सुजन लामिछानेलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।