हेमजामा आलु महोत्सवको भव्य तयारी, आलुको पहाड निर्माण गरिने

हिमाली आवाज । यहि चैत २६ गतेदेखि वैशाख ३ गतेसम्म हेमजामा हुन लागेको ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

आयोजक विष्णुपादुका क्लवले सोमवार पत्रकार सम्मेलन गर्दै महोत्सवको तयारी करिव ७० प्रतिशत पुरा भएको जनाएको हो।क्लब अध्यक्ष सुविन श्रेष्ठले हाल स्टल तथा वाल उद्यान व्यवस्थापन,आलु गे्रडिङ गरी संकलन गर्ने लगायतका कार्य घमाधम भइरहेको बताउनुभयो ।
महासचिव बसन्त कुमार श्रेष्ठले महोत्सव हेमजाको ब्रान्डिङ भएको उल्लेख गर्दै यसले समग्र कास्कीलाई नै चिनाएको स्पष्ट पार्नुभयो ।

महोत्सव अन्र्तगत आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन,आलुको पहाड निर्माण,आलुका विभिन्न परिकारहरु प्रदर्शन तथा प्रशिक्षण, माटो, बोटविरुवाको परीक्षण तथा रोगको निधान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी,विभिन्न कृषिउपज,विउविजन तथा अन्य कृषियन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार लगायतका कार्यक्रम गरिने भएको छ ।कोरोना भाइसरका कारण विगत ३ वर्षसम्म हुन नसकेको महोत्सवलाई यस वर्षदेखिक्लवले निरन्तरता दिन लागेको हो ।

महोत्सवसँगै हेमजामा उत्पादन भएको आलु तथा अन्य ताजा तरकारीको प्रचारप्रसार हुने, हेमजालाई व्यवसायिक कृषि पर्यटकीय क्षेत्रका रुपमा देश विदेशमा चिनाउने,प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्र्तगत विभिन्न समूहमा व्यवसायिक कृषि खेती संचालन गर्न सहयोग तथा अभिप्रेरणा मिल्ने, क्लवभवन, तरकारी संङकलन तथा बिक्रीवितरण केन्द्र निर्माण गर्ने लगायतका उद्देश्य पनि राखिएको छ ।
पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले महोत्सवसँगै हेमजाको आलुको प्रवद्र्धन हुने विश्वास व्यक्त गर्दै हेमजामा बढी मात्रामा लगाउने गरिएको एम्एस ४२जातको निलो आलु हाल सूचिकरण भइसकेको जानकारी दिनुभयो ।

कृषि अनुसन्धान निर्देशनालय लुम्लेका प्राविधिक अधिकृत चन्द्रकान्त तिमिल्सीनाले गुणस्तरीय मूलबीऊ, हावापानी लगायतका कारण उत्पादन घट्ने गरेको तथ्य आगाडि सार्दै हेमजालाई विशेष वीऊ उत्पादन पकेट क्षेत्र निर्माण गर्न सरोकारवाला सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
पत्रकार महासंघ कास्कीअध्यक्ष विमला भण्डारीले महोत्सव समग्रमा कास्कीवासीको चाड भएको उल्लेख गर्दै हेमजावासीले विषादीरहित तरकारी उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।

 

 

Comments
Loading...