माछापुच्छ्रेको घलेल गाउँमा चलचित्र पत्रकारिता कार्यशाला

हिमाली आवाज । कास्कीको घलेल गाउँमा चलचित्र पत्रकारिता कार्यशाला सम्पन्न भएको छ । चलचित्र पत्रकार संघ कास्कीको आयोजनामा २०७९ चैत २० र २१ गते दुई दिनसम्म चलेको कार्यशालामा कन्टेन्ट राइटिङ,रिभ्यु र गसिपमा आधारित रहेर प्रशिक्षण दिइएको संयोजक सुरेश सुनारले बताउनुभयो ।

पोखराको विभिन्न मिडियामा आबद्ध ५० भन्दा बढी पत्रकारहरुको कार्यशालामा पत्रकार नारायण अमृत, सुरेश रानाभाट र केशवशरण लामिछानेले प्रशिक्षण दिनुभयो । कार्यशालाको पहिलो दिन घलेल सामुदायिक होमस्टे र समग्र माछापुच्छ«े गाउँपालिकाको पर्यटन क्षेत्रलाई सिनेमा मार्फत कसरी टेवा पुर्याउन सकिन्छ भन्ने विषयमा परिचर्चा कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष मीन बहादुर गुरुङले चलचित्र पत्रकारिता मार्फत घलेल गाउँको पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने अपेक्षा रहेको बताउनुभयो । गाउँपालिकामा भएका छायाँकन स्थललाई संरक्षण गर्दै सिनेमा छायाँकनलाई बढवा दिन सहज नीति निर्माण गर्ने तर्फ जोड गरिने उहाँले उल्लेख गर्नुभयो ।

गाउँपालिका वडा नं. ८ का अध्यक्ष राम गुरुङले सम्भावना भएर पनि प्रचारको अभावले घलेल गाउँ पछाडि परेको जानकारी गराउनुभयो । घलेल गाउँको प्रवद्र्धनका लागि बेलाबखत यस्ता कार्यक्रमहरु भइराख्नुपर्ने धारणा राख्दै उहाँले फिल्म मार्फत विविध विषयवस्तुहरु पस्किन सक्ने हुँदा यसको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

चलचित्र पत्रकार संघका केन्द्रीय अध्यक्ष समीर बलामीले चलचित्र पत्रकारिता क्षेत्रलाई विस्तार गर्न संघ लागि परेको बताउनुभयो ।
चलचित्र पत्रकारहरुले पेसागत जिम्मेबारीलाई निर्वाह गर्नुपर्ने आवश्यकता रहेको प्रशिक्षकहरु नारायण अमृत, सुरेश रानाभाट र केशवशरण लामिछानेले उल्लेख गर्नुभयो । कार्यशालामा नारायण अमृतले गसिपका विषयमा, सरेश रानाभाटले रिभ्युका विषयमा र केशव शरण लामिछानेले कन्टेन्टका विषयमा प्रशिक्षण दिनुभयो ।

चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले संस्थाको स्थापनाका विषयमा जानकारी गराउँदै संघको गतिविधि निरन्तर भइरहेको प्रति खुशी व्यक्त गर्नुभयो । । चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष प्रभु अधिकारीले पर्यटकीय गाउँ घलेल सामुदायिक होमस्टेमा कार्यशाला हुनुले त्यस ठाउँको पर्यटन प्रवद्र्धनमा सघाउ बताउनुभयो । संघले आगामी दिनमा पोखरामा चलचित्र पत्रकारितालाई बढ्वा दिन विविध कार्यक्रम गर्दै जाने संघका सचिव सन्तोष बस्यालले बताउनुभयो ।

कार्यशालामा सहभागी प्रशिक्षार्थी राजाराम पौडेल र बालकाशी गुरुङले तालिम फलदायी भएको उल्लेख गर्नुभयो । २०६७ सालमा स्थापना भएको होमस्टे पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएको ठाउँ हो । कास्की जिल्ला माछापुच्छ«े गाउँपालिका वडा नं. ८ र ९ मा रहेको घलेल सामुदायिक होमस्टेलाई प्रचारको आवश्यकता रहेको घलेल सामुदायिक होमस्टेकी सचिव सुनकुमारी गुरुङले बताउनुभयो ।

उहाँले घलेल गाउँमा आयोजना गरिएको कार्यशाला मार्फत उक्त ठाउँको प्रचारमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । नजिकैको गाउँ ल्वाङ पर्यटकीय रुपमा अगाडि बढ्दा घलेल भने जहाँको त्यही रहेको धारणा उहाँको छ । हाल घलेलमा ९ घरमा मात्रै होमस्टे संचालन गरिएको छ ।
घलेल सामुदायिक होमस्टेले सहभागीहरुलाई पञ्चेबाजासहित स्वागत गरेको थियो ।

Comments
Loading...