रेडक्रस थप्रेक उपशाखाको एघारौं साधारणसभा सम्पन्न

हिमाली आवाज । नेपाल रेडक्रस सोसाइटी थप्रेक उपशाखा तनहुँले एघारौं साधारणसभा एक कार्यक्रमका बीच सम्पन्न गरेको छ ।
साधारणसभाले उपशाखाका सचिव ठाकुरप्रसाद खनालले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन र कोषाध्यक्ष अनिता पौडेलले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

साधारणसभाको उद्घाटन समारोहमा नेपाल रेडक्रस सोसाइटी तनहु जिल्ला शाखाका पूर्व कावा सभापति डिल्लीराम अधिकारीले रेडक्रस विपद्मा परेका मानिसहरूको उद्धार गर्ने उद्देश्यका साथ स्थापित विश्वव्यापी संस्था भएको बताउनुभयो ।

शुक्ला गण्डकी नगरपालिका वडा नं १ का वडा अध्यक्ष रविचन्द्र पौडेलले रेडक्रस जस्तो संस्थालाई राज्यले स्रोतसाधन उपलब्ध गराई मजवुद गराउनुपर्ने धारणा राख्नुभएको ।

उपशाखाका सभापति शमशेरबहादुर गुरुङको सभापतित्व एवम् सचिव ठाकुरप्रसाद खनालले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत उपसभापति कृष्णमाया गुरुङले गर्नुभएको थियो भने शिवराज ढकाल, केशमाया गुरुङ, रेलीमाया गुरुङ लगायतले बोल्नुभएको थियो ।

Comments
Loading...