हिमाली आवाज । होटल पौवाले आफ्नो ७ औं बर्ष गाँठको अवसरमा पोखरा सहित ११ वटा शाखाबाट फलफूल वितरण गरेको छ ।
होटल पौवाको सातौं स्थापना दिवसको अवसरमा शनिबार पोखरा शाखा सहित ११ वटा शाखाले मानव सेवा आश्रम, बृद्धाश्रम, अस्पताल लगायतका क्षेत्रमा निःशुल्क रुपमा फलफूल वितरण गरेको होटल पौवा पोखरा शाखाका महाप्रबन्धक राजेन्द्र बस्यालले हिमाली आवाजलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार सामाजिक उत्तरदाहित्व अन्र्तगत शनिबार पोखरा शाखाले पोखरा १७ छोरेपाटनमा रहेको मानव सेवा आश्रममा पुगेर फलफूल वितरण गर्दै बृद्धा आमाहरुसंग भलाकुसारी समेत गरेको हो ।

आश्रममा ७३ जना महिलाहरु आश्रित छन् । आश्रमको पोखरा २५ हेमजा शाखामा पुरुषहरुलाई व्यबस्थापन गरिएको छ । होटल पौवाको गोरुसिंगेमा भने मन्दिरमा सरसफाई देखि अस्पताल र आश्रममा फलफुल वितरण गरेको बस्यालले बताउनुभयो ।
म स्वस्थ्यकर खाना खुवाउँछु, म नेपाली खानालाई माया गर्छु, म नेपाली उत्पादन प्रयोग गरेर खाना बनाउँछु लगायतका प्ले कार्ड समेत होटल पौवाले प्रर्दशन गरेको छ ।
यसैबिच नेपाली चार्ड पर्वलाई समेत होटल पौवाले आगन्तुक पाहुना र स्थानियसंग हर्स र उल्लाहासका साथ मनाउन थालेको छ ।