साना तथा मझौला व्यवसायीका सुख दुखको सारथी बन्न चाहन्छुःआत्रेय

हिमाली आवाज ।  निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले उम्मेदवारी दिनुभएको छ ।

साना तथा मझौला व्यवसायीलाई वर्तमान अवस्थामा परेका समस्या नीतिगत रुपमा सुधार तथा समाधान गर्न आवश्यक रहेको र आफू त्यसका लागि काम गर्ने तयारी सहित महासंघमा जान लागेको आत्रेयले बताउनुभयो ।

‘व्यवसायीका समस्या के कस्ता छन् मलाई जानकारी छ,’उहाँले भन्नुभयो,‘बर्तमान समयमा सम्पूर्ण निजी क्षेत्र समस्या छ । साना तथा मझौला व्यवसायी अझै बढी पीडामा छन् । म उनीहरुको सुख दुखको सारथी बन्न चाहन्छु ।’

कुन ठाउँका व्यवसायीका समस्या के कस्ता छन् पत्ता लगाई एकीकृत गरेर नीतिगत सुधार तथा समाधानका लागि लाग्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । ‘हामीले महासंघमा गएर गर्न सकिने कुरा धेरै छन् । अब काम गर्नुपर्छ,’ उहाँले भन्नुभयो,‘कतिपयमा आन्दोलन, विरोध तथा हड्ताल गरेर समस्या समाधान हुन्छ भन्ने धारणा पनि छ । तर,त्यो समाधानको उपाय होइन । अब नीतिगत तहमा नै हाम्रा एजेण्डा लाई पुर्याउन आवश्यक छ ।’

Comments
Loading...