साँघुमुख महेन्द्रपुल बजारमा नयाँ नेतृत्व,अध्यक्षमा कोइराला

हिमाली आवाज । पोखराको साँघुमुख महेन्द्रपुल बजार समितिको अध्यक्षमा नबराज कोईराला चयन हुनुभएको छ ।

समितिको शनिबार सम्पन्न एघारौं साधारण सभा तथा छैटौं अधिवेशनले निवर्तमान उपाध्यक्ष कोईरालालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । यसैगरी समितिको उपाध्यक्षमा उपाध्यक्ष नारायण बास्तोला, महासचिवमा दुर्गा रन्जित श्रेष्ठ , सचिवमा राजु सुनार र कोषाध्यक्षमा राजेन्द्र अधिकारी चयन हुनुभयो ।

सदस्यहरुमा कृष्णहरी भट्टराई, श्रीराम गौतम, शिव आचार्य, रमेश सापकोटा, दीपा कार्की, मनिषा रेग्मी, केदार बराल र रुद्र बस्नेत रहनुभएको छ ।
साधारणसभाको पोखरा महानगरपालिकाका प्रवक्ता तथा पोखरा–२५ का वडाध्यक्ष मोतीराज तिमिल्सिनाले उद्घाटन गर्दै बढ्दो ब्याजदर र पार्किङ व्यावसायीका साझा समस्या भएकाले यी समस्या समाधानका लागि महानगरले योजना ल्याउन लागेको बताउनुभयो ।

समितिका निवर्तमान अध्यक्ष रामचन्द्र तिमिल्सिनाको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन सत्रमा उपाध्यक्ष नबराज कोइरालाले स्वागत तथा महासचिव हरि तिवारीले सञ्चालन गर्नुभयो ।

Comments
Loading...