नयाँवर्षमा ‘भुर्जुङखोला तातोपानी माउन्टेन बाइक रेस’ हुँदै

हिमाली आवाज । कास्कीको माछापुच्छ«े गाउँपालिका—२ मा ‘भुर्जुङखोला तातोपानी माउन्टेन बाइक रेस’ हुने भएको छ । वातावरण जोगाउन धुवाँरहित साइकल चढ्न प्रेरित गर्ने उद्धेश्यले नयाँवर्षको दिन दौड प्रतियोगिता हुन लागेको हो ।

ग्रीनफोर्स युवा क्लबले माउन्टेन बाइक रेस सहित अन्य विविध कार्यक्रम आयोजना गरेको हो । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

बाइक रेसका विजेताले रु ३० हजार, उपविजेताले रु २० हजार, तृतीयले रु १० हजार र सान्त्वनाले रु पाँच हजार पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष राम गुरुङले बताउनुभयो ।

पोखरा—१९ लामाचौरबाट सुरु हुने दौड भुर्जुङखोला, चौर, तातोपानी, धिप्राङ टुसे, घाचोक, लाहाचोक, खोराकोमुखबाट फर्किएर पुरुनचौरको भारतीभवन विद्यालय हुँदै भुर्जुङखोलामा आएर समापन हुनेछ ।

पर्वतीय साइकल दौडले माछापुच्छ«े गाउँपालिकाका आठ वटा वडा र ५० किमी दूरी तय गर्ने दौडका माउन्टेन बाइक रेसका संयोजक माधव आचार्यले बताउनुभयो ।
क्लबको १५ औँ वार्षिकोत्सवका अवसरमा पारेर कार्यक्रम आयोजना हुन लागेको हो । पाँच दिनसम्म सञ्चालन हुने कार्यक्रममा भुर्जुङखोला तातोपानी माउन्टेन बाइक रेस सहित पुरुष तथा महिला भलिबल प्रतियोगिता, भेट्रान भलिबल, छेलो, म्यूजिकल चेयर लगायतका कार्यक्रमहरु हुनेछन् । पुरुष भलिबलको विजेताले रु ९९ हजार ९९९, द्धितीयले रु ५५ हजार ५५५ नगद पुरस्कार पाउनेछन् ।

माछापुच्छ«े गाउँपालिका—२ भुर्जुङखोला पोखराको बगरदेखी १२ किमी उत्तरमा पर्दछ । यस स्थानमा प्राकृतिक वरदानका रुपमा तातोपानी कुण्ड छ । खारपानीस्थित सेती नदी किनारमा रहेको तातोपानी नुहाउनका लागि आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ ।

हिउँदयाममायहाँ कृषि सहकारी मार्फत एक र निजीस्तरबाट दुई स्थानमा विश्वकै प्रसिद्ध रेन्बो ट्राउट माछा पालन केन्द्र छन् । आन्तरिक तथा बाह्य पर्यटकलाई गुरुङ गाउँ काभ्रे गाउँमा होस्टे सञ्चालन गरिएको सोही वडाका वडाध्यक्ष गणेश आचार्यले बताउनुभयो ।

उहाँले भन्नुभयो,“यस क्षेत्रमा विभिन्न जात जातिका आआफ्नै भेषभुषा, भाषा र संस्कतिहरु छन् । यस्ता संस्कृतिहरुक बढ्दो सहरीकरणसँगै लोप हुने अवस्थामा पुगेकाले मेलामार्फत संस्कृति संरक्षण र सम्वद्र्धनमा सहयोग पुग्ने विश्वास लिएका छौँ । ”

भुर्जुङखोलाको भराभरीमा ढुङ्गाखानी, दलाममा महभिर, घलेखर्क लघुजलविद्युतगृह, खादरजुँगको मौलाकोट, घोप्टेडाँडा, सिल्दु देउरालीमाई, भुर्जुङखोलाको मुल्का बराहथान, मनोरम छहरा र घाचोकको एकनासे भिरले स्वदेशी तथा विदेशी पर्यटकहरुको मन जितेको छ ।

Comments
Loading...