देशभरका निजी विद्यालयलाई शुल्क नबढाउन शिक्षा मन्त्रालयको कडा निर्देशन

हिमाली आवाज । शिक्षा मन्त्रालयले निजी विद्यालयलाई आफू खुसी शुल्क नबढाउन कडा निर्देशन दिएको छ ।

शिक्षा मन्त्रालयले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै शैक्षिक सत्र २०८० का लागि विद्यार्थी भर्ना गर्दा केही निजी लगानीका विद्यालयले आफूखुसी शुल्क उठाएको जनाएको छ । आफूखुशी शुल्क उठाएको विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको जनाउदैँ यस्तो निर्देशन दिएको हो ।

स्थानीय तहले स्वीकृति गरिदिएको सीमाभित्र रहेर मात्र शुल्क लिन पाउने व्यवस्था रहेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि विद्यालयले स्वीकृत भएको शुल्कको विषयमा पारदर्शी ढङ्गले सबै अभिभावकलाई जानकारी गराउनुपर्छ । अभिभावकले तोकिएको शुल्कको स्वीकृतिको विषयमा प्रश्न गर्न पाउँछन् ।’

Comments
Loading...