पोखराको होटल टास्कमा नयाँवर्षको छुट

हिमाली आवाज । पोखराको अमरसिंह चोकमा रहेको होटल टास्क इन्टरनेश्नल प्रालिले नयाँवर्षमा ग्राहकहरुका लागि सहुलियत घोषणा गरेको छ । होटल टास्कको तीनवटा आउटलेटबाट विशेष सहुलियत प्राप्त हुनेछ ।

होटल टास्कको तीनवटा आउटलेट लेकाली सिटी भ्यु रेष्टुरेण्ट एण्ड बार, लेकाली चुलोघर र लेकाली सेकुवा एण्ड सुकुटी घरमा विभिन्न आइट तथा पेय पदार्थ ग्राहकहरुलाई अधिकतम खुद्रा मुल्यमा  उपलब्ध गराइने टास्क इन्टरनेश्नल प्रा. लि. का सञ्चालक मीन गुरुङले जानकारी दिनुभयो ।

नेपाली विशुद्ध खानाको रुपमा चर्चित रहेको लेकाली चुलो घर, धराने सेकुवाका पारखीहरुलाई लक्षित गरि सञ्चालनमा ल्याइएको लेकाली सेकुवा एण्ड सुकुटी घर र होटल टास्क संगै सञ्चालनमा रहेको लेकाली सिटी भ्यु रेष्टुरेण्ट एण्ड वारबाट ग्राहकहरुलाई ग्राहकको रोजाइको खानाको परिकारहरु पस्किदै आएको छ ।

Comments
Loading...