हेमजा आलु महोत्सव आज सकिदै

हिमाली आवाज । पोखराको हेमजामा जारी ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव आज समापन हुने भएको छ ।
समापन कार्यक्रमलाई पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले सम्वोधन गर्ने कार्यक्रम छ ।त्यस्तै कृषक सम्मान, कृषि एम्वुलेन्स प्रदर्शनी लगायत विभिन्न पुरस्कार पनि वितरण हुने छन्।

महोत्सव अन्र्तगत शनिवार रत्यौली गीत प्रतियोगिता भएको छ ।त्यस्तै लोकदोहोरी तर्फ प्रिन्स लम्साल, रामजी पौडेल र पारु गुरुङ साथै पप तर्फ अस्मिता अधिकारी, टुकी र डिमोर्चा व्याण्डले प्रस्तुति राखेको छ ।

त्यस्तै आइतवार कलाकारहरु नविन पौडेल,गगन गुरुङ, परशुराम अधिकारी, वसन्ती थापा र कमला केसीका प्रस्तुतिहरु रहने प्रचारप्रसार उपसमिति संयोजक निराजन अधिकारीले जानकारी दिनुभयो ।

महोत्सवलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य दामोदर पौडेल बैरागीले हेमजामा प्रर्याप्त आलु उत्पादन हुनुपर्ने भन्दै खेती योग्य जमिन वर्षिनी घट्दै जानु दुखद् भएको औंल्याउनुभयो ।

महोत्सव अन्त्यतिर आउदाँ कृषि स्टलतर्फ दर्शकको आकर्षण बढेको पाइएको छ । त्यहाँ आलुका जातका अलवा तरकारीजन्य सामग्री, बोट विरुवा, कृषि औजार, प्राङगारिक मल लगायतका कृषि स्टलहरु रहेका छन् ।

 

Comments
Loading...