माछापुच्छ्रेको पर्यटकीय मिर्सा गाउँमा हाइकिङ

हिमाली आवाज । स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने मुल नाराका साथ हरेक महिनाको अन्तिम शनिबार ३३ औं श्रृङ्खाला कास्कीको पर्यटकीय गाउँ मिर्सामा सम्पन्न गरेको छ ।

कास्की जिल्ला भित्र सामुदायिक होमस्टे संचालन गरेका कालाबाङ घरेडी सामुदायकि होमस्टेका अध्यक्ष याम बहादुर गुरुङ, अर्मलाकोट सामुदायिक होमस्टेका अध्यक्ष वविता गुरुङ र सचिव झलश्री गुरुङ पहिलो पटक हाइकिङमा सहभागी हुनुहुन्थ्यो । हाइकिङले होमस्टेको प्रवद्र्धनमा सहयोग पुग्ने प्रतिक्रिया स्थानीयको छ ।

हाइकिङ गर्न रुचाउने १० वर्ष देखि ६५ वर्षसम्मका विद्यार्थी, व्यवसायी, समाजसेवी, पत्रकार, वैदेशिक रोजगारबाट फर्किएका, पर्यटन व्यवसायी, शिक्षा सेवी लगाएत ३२ जनाको सहभागिता रहेको थियो ।

गाउँ पर्यटन प्रबद्र्धन मञ्च (भिटोफ) गण्डकीका संस्थापक अध्यक्ष तारानाथ पहारी र पुर्व अध्यक्ष तथा पोखरा महागरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष रवीन्द्रराज पौडेलले हाइकिङलाई ग्रामिण पर्यटन संग जोड्न सकेमा मात्रै नेपालको पर्यटन विकास हुने बताउनुभयो । हाइकिङको ३३ औं श्रृङ्खलासम्म ल्याउन पनि भिटोफको प्रत्यक्ष अप्रत्यक्ष भुमिका रहेको छ ।

Comments
Loading...