कास्की मालपोतमा अशक्त सेवाग्राहीलाई ह्विलचियर

हिमाली आवाज । पोखराको जिल्ला मालपोत कार्यालय कास्कीमा बृद्ध र अशक्त सेवाग्राहीलाई ह्विलचियरको व्यवस्था गरिएको छ ।
नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएन इकाई समिति पोखराले सेवाग्राहीलाई सहजताका लागि मालपोत कार्यालयलाई एक थान ह्विलचियर सहयोग गरेको हो ।

नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनका केन्द्री सल्लाहाकार समिति संयोजक रामप्रसाद अधिकारी, पोखराका इकाईका अध्यक्ष दयाराम तिवारीले मालपोत कार्यालय कास्कीका प्रमुख रामचन्द्र अधिकारीलाई एक कार्यक्रमकाबीच सो ह्विलचियर हस्तान्तरण गर्नुभयो ।

मालपोत कार्यालय कास्कीका प्रमुख अधिकारीले लेखापढीको सहयोग प्रति आभार व्यक्त गर्नुभयो । लेखापढी एशोसिएसनले सेवाग्राहीप्रति जिम्मेवारी प्रस्तुत गर्दै उदाहरणीय काम गरेको उहाँको भनाई थियो ।

नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएन इकाई समिति पोखराका अध्यक्ष दयाराम तिवारीले आर्थिक रुपमा समक्ष भएका बृद्धअवस्थाका सेवाग्राहीहरु आफ्नै साधनबाट कार्यालयको ढोकासम्म पुगेपनि विपन्न र कमजोर अवस्था भएकाहरुलाई बाहिरको मुख्य सडकबाट कार्यालयसम्म लैजान अप्ठ्यारो हुने गरेकाले सो ह्विलचियर सहयोग गरेको बताउनुभयो ।

तिवारीले भन्नुभयो,“ह्विलचियर सँधै आवश्यक पर्ने होइन । एउटामात्र हुँदा समेत धेरै सहयोग पुग्छ । बृद्ध र अशक्तहरुलाई सेवा लिन सहयोग पुग्छ ।”

कार्यक्रममा नापी कार्यालयका नापी अधिकृत प्रदीपकुमार श्रेष्ठ, लेखापढी कानुन व्यवसायी एशोसिएसनका केन्द्रीय सचिव हरिप्रसाद शर्मा, लेखापढी बचत तथा ऋण सहकारीका अध्यक्ष एवं पोखरा इकाईका कोषाध्यक्ष सूर्यमोहन ढुँगाना, इकाईका सचिव दानबहादुर गुरुङ,  उपाध्यक्ष विष्णुबहादुर थापा लगायतले जनता र सेवाग्राहीप्रति आफ्नो जिम्मेवारी पूरा गरेकामा संस्थाप्रति आभार व्यक्त गर्नुभयो । एशोसिएसनले नयाँवर्ष २०८० का अवसरमा प्रकाशित गरेको भित्तेपात्रो समेत विमोचन गरिएको छ ।

Comments
Loading...