हिमाली आवाज । पोखरा महानगरपालिको फोहोर मैला व्यवस्थापन गर्ने क्रममा बुल्डोजर पल्टिँदा चालकको घटनास्थलमै ज्यान गएको छ ।
बिहीबार साँझ ७ बजे घटना घटेको हो ।

पोखरा महानगरपालिका वडा नं.३२ लामेआहाल स्थित डम्पिङ साईडमा महानगरको ग १ ग १३४ नं. को बुल डोजरले फोहोर व्यवस्थापन गर्ने क्रममा अचानक अनियन्त्रित भई बुल डोजर पल्टिन जाँदा सोही डोजरका चालक पोखरा—१५ रामबजार बस्ने वर्ष अन्दाजी ६२ का मुसाफिर दासको मृत्यु भएको हो ।
मुसाफिर बुल्डोजरले च्यापिनुभएको थियो । प्रहरीले घटनाको अनुसन्धान कार्य जारी रहेको जनाएको छ ।