कास्कीको माछापुच्छ्रेमा भालुको आक्रमणबाट एक जना घाइते

हिमाली आवाज । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ९ प्रुम्धुममा भालुको आक्रमणबाट एक जना घाइते हुनुभएको छ ।

जंगलमा घाँस दाउरा गर्न जाने क्रममा आज विहान प्रम्धुमका ५९ वर्षीय गुञ्जबहादुर थापा मगर भालुको आक्रमणबाट घाइते हुनुभएको हो ।
भालुको आक्रमणबाट घाइते मगरलाई स्थानीय शुशील क्षेत्रीले देखेर उद्धार गर्नुभएको गरेको माछापुच्छ्रे गाउँपालिका ९ का वडाध्यक्ष हरिबहादुर क्षेत्री (राजेन्द्र) ले जानकारी दिनुभयो । घाइते मगरको पोखराको फिस्टेल अस्पतालमा उपचार भइरहेको छ । घाइतेको टाउको, अनुहार र हातमा चोट लागेको छ ।

वडाध्यक्ष क्षेत्रीले भन्नुभयो,“ आज बिहान सवा ८ बजेतिर गाउँ नजिकैको जंगलमा घाँस दाउरा गर्न गएको समयमा एक्कासी भालुले आक्रमण गरेको रहेछ । उहाँको टाउको, अनुहार, हात, गुप्तांगमा चोट पु¥याएको छ । हामीले उद्दार गरी अस्पताल ल्याएका छौं ।”

Comments
Loading...