पोखरामा सुजुकीले नयाँवर्षमा ल्यायो ‘ह्याप्पी न्यू कार अफर’

हिमाली आवाज । सुजुकी गाडीको गण्डकी धौलागिरीको आधिकारिक बिक्रेता बतास व्रदर्शले नेपाली नयाँवर्ष २०८० लाई लक्ष्य गरी ‘ह्याप्पी न्यू कार अफर’ अफर ल्याएको छ । यसबाट बजार प्रवद्र्धनमा मद्धत पुग्ने विश्वास कम्पनीको छ ।

यही वैशाख महिनासम्म जारी रहने अफरमा जुनसुकै सुजुकी गाडी खरिदमा ग्राहकले रु दुई लाख ५० हजारसम्म नगद छुट प्राप्त गर्ने सुजुकीका बिक्री प्रवन्धक नवराज अधिकारीले बताउनुभयो । यसैगरी पुरानो गाडी साटफेरमा रु एक लाख ५० हजारसम्म एक्सचेञ्ज बोनस र एक वर्षका इन्स्यारेन्स प्राप्त हुनेछ ।

अधिकारीले भन्नुभयो ,“हाल विभिन्न कारणले प्रभावित बनाएको अटो व्यवसायलाई नयाँ बर्ष स्किमले व्यवसाय विस्तारमा ठूलो मद्धत पुग्ने र ब्राण्ड प्रवद्र्धन र बिक्री बढाउन अफर फलदायी रहने विश्वास लिएका छौँ।”
सुजुकीले विभिन्न अवसर पारेर छुट र अफर ल्याउने गरेको छ ।

Comments
Loading...