अवतरणको तयारी गरेको जहाज दुबई उड्यो

हिमाली आवाज । एउटा इन्जिनमा आगो लागेर आकस्मिक अवतरणको तयारी गरेको विमान दुबई उडेको छ ।

सोमबार राति काठमाडौंबाट दुबई उड्न लागेको फ्लाइ दुबईको विमान इन्जिनमा आगो लागेपछि केहीबेर काठमाडौं र धादिङको आकाशमा होल्ड गरिएको थियो ।

एउटा इन्जिनले राम्रो काम गरेको भन्दै चालकले उडानको अनुमति मागेका थिए । त्रिभुवन विमानस्थलका प्रमुख प्रतापबाबु तिवारीले सो विमान गन्तव्यमा लागेको बताउनुभयो । विमानमा १२० नेपाली र ४९ जना विदेशी नागरिक छन् ।

Comments
Loading...