हिमाली आवाज । नेपाली काँग्रेसको गढ मानिएको तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीले फराकिलो मतान्तरले जित हासिल गरेको छ ।
प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी हुनुभयो ।
वाग्लेले ३४ हजार ९ सय १८ मत ल्याउँदा नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १ सय २२ मत प्राप्त गर्नुभयो । त्यस्तै तेस्रो स्थानमा एमाले उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी राप्रपाकी शोभा गुरुङले २१८, नागरिक उन्मुक्ति पार्टीका भीम बहादुर सुनारले ९९, नेमकिपाका राम प्रसाद प्रजापतिले ३१, मङ्गोल नेशनल अर्गनाइजेसनका प्रेम बहादुर थापाले १६६, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्ण बहादुर रानाले ८७ र नेकपा समाजवादीका गणेश श्रेष्ठले ५ मत पाउनुभयो ।
यसअघि गत मंसिर ४ गतेको निर्वाचनमा सो क्षेत्रबाट नेपाली काँग्रेसका रामचन्द्र पौडेल विजयी हुनुभएको थियो ।