बाराबाट जसपा अध्यक्ष उपेन्द्र यादव निर्वाचित

हिमाली आवाज । बारा–२ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विजयी हुनुभएको छ । यादवले २८ हजार ४ सय १५ मतका साथ विजयी हुनुभयो ।यादवका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले २३ हजार ३ सय ३४ मत पाउनुभयो ।

सप्तरीबाट पराजित भएको पाँच महिना नबित्दै बारा २ को उपचुनावमार्फत यादव निर्वाचित भएर प्रतिनिधिसभामा पुग्नुभएको हो । सप्तरीमा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित यादवले बाराको यस क्षेत्रमा आफ्नो पार्टीको जीतलाई जोगाउन सफल हुनुभयो ।

संसदमा पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन जनाएको १३ सिट रहेको जसपाबाट अब यादवले उपप्रधानमन्त्रीसहित सरकारमा दाबी गर्ने ढोका खुलेको छ ।

Comments
Loading...