ड्राईभिङ लाईसेन्स अबदेखी १० वर्षमा नवीकरण गर्ने व्यवस्था गर्दै सरकार

हिमाली आवाज । सरकारले सवारी चालक अनुमतिपत्र १० वर्षमा नवीकरण गर्ने नियम ल्याउने तयारी गरेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले ५÷५ वर्षमा गर्नुपर्ने लाइसेन्स नवीकरण अब हरेक १० वर्षमा गरे पुग्ने व्यवस्था लागू गर्ने तयारीमा सरकार रहेको बताउनुभयो ।

ज्वालाले स्मार्ट लाइसेन्स ५÷५ वर्षमा गर्नुपर्ने नवीकरण अब हरेक १० वर्षमा गरे पुग्ने व्यवस्था लागू गर्ने तयारीमा रहेको बताउँदै सरकारको स्मार्ट लाइसेन्स वितरणलाई सहज र सरल बनाउने काम प्रमुख प्राथमिकतामा रहेको बताउनुभयो ।

मन्त्री ज्वालाले यातायात क्षेत्रमा सबैभन्दा बढी गुनासो रहेको बताउँदै लाइसेन्सका समस्या समाधान गर्न सरकारले कार्ययोजना बनाएर अघि बढेको बताउनुभयो ।

Comments
Loading...