पोखरा स्पोट्र्स अवार्डलाई यस बर्ष पनि टेल्जिको साथ हुने

हिमाली आवाज । गत बर्षदेखि पोखरा स्पोर्ट्स अवार्डलाई साथ दिन सुरु गरेको टेल्जि नेपालले यस बर्ष पनि साथ दिने भएको छ ।

सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ लाई सफल पार्न टेल्जि नेपालको साथ भएका कारण टेल्जि(टाईगर) इलेक्टिक स्कुटर यस बर्ष पनि बर्ष उत्कृष्ट महिला तथा पुरुष खेलाडी तर्फको विजेतालाई उक्त व्राण्डको स्कुटर प्रदान गरिने भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ ।

टेल्जि नेपालका कम्पनी निर्देशक संजिव सिल्पकार र मञ्चका अध्यक्ष दीननाथ बरालबीच उक्त अवार्डमा टेल्जि इलेक्टिक स्कुटर प्रदान गर्ने गरी सहमति भएको महासचिव राजाराम पोडेलले बताउनुभयो ।

बजार मुल्य २ लाख १७ हजार मुल्य बराबरको उक्त स्कुटरमा कम्पनीले मञ्चलाई बिषेश छुटमा उपलब्ध गराएकोमा अध्यक्ष एवं अवार्डका संयोजक बरालले कम्पनीलाई धन्यवाद दिनुभयो ।  निर्देशक सिल्पकारले कोभिड १९ को असर बजारमा अझै परेकोले आफुहरुले चाहेर पनि उक्त पुरस्कार शतप्रतिशत प्रायोजन गर्न नसके पनि बिषेश छुट उपलब्ध गराएको बताउदै भोलिका दिनमा राम्रो भएमा शतप्रशितसम्म गर्न सकिने बताउनुभयो ।

सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ को मनोनयन सार्वजनिक गरिएको छ । मञ्चले प्रदान गर्ने कुल ७ विधा मध्ये बाँकी विधाहरु लाइफटाइम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेल संघ र पत्रकारिता अवार्डको घोषणा आगामी दिनमा सार्वजनिक गरिने महासचिव पौडेलले जनाए । उक्त अवार्ड सफल पार्न गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, रुपा गाउँपालिका, मादी गाउँपालिका, केल्मीको नेपालको लागि आधिकारीक बिक्रेता कामारु ट्रेडिङ प्रा.लि., हाम्रो हस्तकला सिटिजन फर्निचर ट्रेड लिंक, आभ्या क्लब, परिचय एड्भर्टाइजिङ, नेपाल पर्यटन बोर्ड रहेका छन् ।

काठमाण्डौं, पब्लिक टेलिभिजन, सरुमा चुलो, भूतपूर्व खेलाडी मञ्च, नेपाल हवाई खेलकुद संस्था, सहारा हङकङ, क्लासिक चुलो, वल्ड लिंक, होटल बाराही, फुडमाण्डु, नेपाल औषधी व्यसायी संघ कास्की, पोखरा महानगरपालिका वडा नं.३, ४, ९ र १५, पश्चिमाञ्चल सामुदायिक अस्पताल, लगायतले समेत सघाउने तय भैसकेको छ ।

यसैगरी उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट प्रशिक्षकको पुरस्कार ह्यूस्टन एजुकेसन, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाईगर गुप्र अफ पोखरा नेपाल तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता भएको मञ्चका सचिव शशिकुमार पौडेलले जानकारी दिनुभयो ।

Comments
Loading...