सिद्धबराह मन्दिरमा १०८ फुट अग्लो हनुमान मूर्ति राख्न ज्ञान महायज्ञको आयोजना

हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं २३ माझथुममा रहेको सिद्धबराह मन्दिरमा १०८ फुट अग्लो हनुमानको मूर्ति राखी धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ ।

सिद्धबराह तपोवन सन्यास आश्रमको आयोजनामा यही वैशाख १७ गतेदेखी २३ गतेसम्म महायज्ञ हुन लागेको आज पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कलिकालमा जीवित र प्रत्यक्ष देवता हनुमानजी हुनुहुने हुँदा उहाँको मूर्ति स्थापनाले समस्त मनोकामना परिपूर्ण हुने भएकाले हनुमानकै इष्टदेव बराहको आगँनमा हनुमानको मूर्ति स्थापना गर्न लागिएको मूल आयोजक समितिका संयोजक सूर्यदेवी कुँबरले बताउनुभयो । मूर्ति स्थापनाका लागि लाग्ने रकम महायज्ञबाट संकलन गर्ने लक्ष्य आयोजकको छ ।

मूर्ति स्थापनापछि धार्मिक पर्यटकहरुको प्रवद्र्धनले यस क्षेत्रकै सुनौलो भविष्य निर्माण हुने महायज्ञका प्रचार प्रसार संयोजक सूर्य भण्डारीले बताउनुभयो ।

महायज्ञलाई सफल बनाउनका लागि मूल आयोजक समिति अन्तर्गत विवभिन्न उपसमितिहरु गठन गरिएको छ । सिद्धबराह तपोवन विभिन्न ऋषि मूनिहरुको तपोमूमि, ज्ञाभूमि र पवित्र तीर्थस्थलका रुपमा प्राचीनकालदेखी रहँदै आएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञका मिडिया संयोजक रवि दाहालले बताउनुभयो।

Comments
Loading...