हिमाली आवाज । पौडी खेल्ने क्रममा डबेर आज पोखरामा एक जनाको ज्यान गएको छ ।

दिउसो ३ः३० बजेको समयमा पोखरा महानगरपालिका वडा नं १७ पावरहाउस फुर्सेखोलामा डुबेर पोखरा नयाँगाउँका १५ वर्षीय रोनिश गुरुङको मृत्यु भएको हो ।
गुरुङ खोलामा पौडी खेल्ने क्रममा डुवी बेपत्ता भएको भन्ने सूचना पछि वडा प्रहरी कार्यालय बैदामबाट गएको प्रहरी टोलीले उद्धार गरेको थियो । उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकामा साढे ४ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।