माओवादी केन्द्रको पोखरामा  प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण

हिमाली आवाज । नेकपा माओवादी केन्द्रको केन्द्रीय स्कूल विभागको आयोजनामा पोखरामा गण्डकी प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

यही वैशाख १५ गतेदेखी सुरु भएको प्रशिक्षण सोमबार सकिदै छ । माओवादी केन्द्रले पार्टीका प्रदेशका नेताहरुलाई अर्थशास्त्र लगायत विषयमा प्रशिक्षण दिएको हो ।

दुई दिनको तालिममा दर्शन, अर्थशास्त्र, कार्यदिशा, विश्व अर्थव्यवस्था, विज्ञान, प्रविधि, महिला, जातीयता, समावेशितासँग सम्बन्धित विषय, योजना निर्माण र बजेट विनियोजन लगायतका विषयमा विज्ञबाट तालिम प्रदान गरिएको नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङले बताउनुभयो ।

तालिममा माओवादी केन्द्रका उपमहासचिव एवं प्रशिक्षण विभागका प्रमुख गिरिराजमणि पोखरेल, पार्टीका केन्द्रीय सचिव देवेन्द्र पौडेल, अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष अमृता थापमगर लगायतका नेताहरुले कार्यक्रममा प्रशिक्षण दिनुभएको थियो । माओवादीले स्थानीय तहसम्म पार्टीका नेता कार्यकर्तालाई प्रशिक्षण दिने तयारी गरेको हो ।

Comments
Loading...