पोखरामा टिभिएसको ‘एनटर्क आरटी एफआई मरिन ब्लु’ भव्य लन्चिङ

हिमाली आवाज । विश्वमा दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधनको प्रतिष्ठित निर्माता टिभिएस मोटर्सले पोखरामा ‘टिभिएस एनटर्क १२५ रेस एडिसन’ नयाँ मरीन ब्लू पोखरामा सार्वजनिक गरेको छ ।

मरीन ब्लू कलरमा उपलब्ध नयाँ टिभिएस एनटर्क १२५ रेस एडिसनको मूल्य २ लाख ९९ हजार ९ सय रुपैयाँ छ । पोखराको बतास ब्रदर्स प्रालि सहित गण्डकी धौलागिरी क्षेत्रका टिभिएस शोरुमहरुमा सो स्कुटर उपलव्ध हुनेछ ।

टिभिएस एनटर्क १२५ रेस एडिसनको नयाँ स्ट्राइकिङ मरीन ब्लु कलरमा समावेश चेकर्ड फ्ल्याग रेस–प्रेरित ग्राफिक्सले छुट्टै स्टाइल स्टेटमेन्ट बनाउने कम्पनीको भनाई छ । कालो, मेटालिक ब्ल्याक र मेटालिक नीलोको अद्वितीय तीन टोन संयोजनले निश्चय नै राइडरलाई बाँकी भन्दा फरक भएको महसुस गराउने कम्पनीको विश्वास छ ।

स्कुटरको लन्च टिभिएसद्वारा आयोजित कन्सर्टमा गरिएको थियो । निर्भयाज वुमन इन कन्सर्ट नाम दिइएको उक्त कन्सर्टमा फ्लेम ब्यान्ड बाट मेघा श्रेष्ठ, द ड्रिमर्ज को साथै ख्यातिप्राप्त सांगितिक समुह अभया एन्ड द स्टिम एन्जन्स लगायत को प्रस्तुती रहेको थियो । उक्त स्टेजमै स्कुटर अनवरण गरिएको थियो भने पछि शोरुम मा पनि लन्च गरिएको हो ।

दर्शकहरु को उत्साह जनक प्रतिक्रिया प्राप्त गर्न सफल उक्त स्कुटर को आगमनले टि भि एस् को स्कुटर लाइन अप मा युवा जोश र भाईटालिटी थपिएको बतास ब्रदर्श प्रा.लिका टिभिएसका बिक्री प्रवन्धक सन्तोष पोखरेलले हिमाली आवाजलाई जानकारी दिनुभयो ।

Comments
Loading...