पोखरामा ५३ वर्षअघि खुलेको न्यू मारवाडी भोजनालयको शाखा सिर्जनाचोकमा

हिमाली आवाज । पोखराको महेन्द्रपुलमा ५३ वर्ष पहिला खुलेको न्यू मारवाडी सेवा भोजनालयले सिर्जनाचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

शुद्ध साकाहारी खाना तथा नास्ता र विभिन्न मिठाईहरुले प्रख्यात मारवाडीले सिर्जनाचोक र फिर्केकोबीचमा आफ्नो नयाँ शाखा खोलेको हो ।
ग्राहकको माग अनुसार पोखरामै थप शाखा विस्तार गरिएको न्यू मारवाडी सेवा भोजनालयका सञ्चालक भाष्कर उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो,“विशेष गरी ग्राहकको माग अनुसारनै शाखा खोलेका हौँ । ”

महेन्द्रपुलमा बढ्दो सवारी र पार्किङको अभाव भएपछि ग्राहकहरुलाई अप्ठ्यारो परेको थियो । सिर्जनाचोकमा पार्किङको सुविधा र फराकिलो स्थान भएकाले ग्राहकलाई सुविधा पुग्ने अर्का सञ्चालक राहुल उपाध्यायले बताउनुभयो ।

“पसलमा नियमित आउने पाहुनाको चाहना पनि अलि फराकिलो स्थानमा भए हुन्थ्यो भन्ने रहन्थ्यो । पोखराको तल्लो क्षेत्रका सेवाग्राहीलाई नयाँ शाखा खुलेसँगै सहज हुने विश्वास लिएका छौँ ।” सञ्चालक राहुलले भन्नुभयो ।

भोजनालयमा शुद्ध साकाहारी खाना, खाजा, विभिन्न मिठाईहरु, बेकरी आइटम तथा बर्थ डे केक लगायतका परिकार उपलव्ध हुनेछ ।
महेन्द्रपुल र सिर्जनाचोक दुबै स्थानमा गरी २५ जनाले रोजगारी पाएको सञ्चालक राहुल उपाध्यायले बताउनुभयो ।

शाखा शुभारम्भका अवसरमा सिर्जनाचोक शाखामा उपलव्ध सबै आइटममा १५ प्रतिशत छुटको व्यवस्था गरिएको बताइन्छ । छुट सुविधा वैशाख महिनाभर लागू हुने कम्पनीले जनाएको छ ।

Comments
Loading...