पोखराका सर्जक घनश्यामलाई विन्ध्यवासिनी म्युजिक अवार्ड

हिमाली आवाज । पोखराका सर्जक घनश्याम रिजालले विन्ध्यवासिनी म्युजिक अवार्ड प्राप्त गर्नुभएको छ । काठमाडौंमा आयोजित एक सांगीतिक समारोहमा विन्ध्यवासिनी म्युजिक अवार्ड बाट उहाँ पुरस्कृत हुनुभएको हो ।

रिजालले सर्वोत्कृष्ट लोक दोहोरी गीतको अवार्ड हात पार्नुभयो । उहाँले सिर्जना गरेको “शुन्य भयो डाँडैको चौर” सर्वोत्कृष्ट भएको हो । जसमा लोकदोहोरी गायक रामजी खाण र गायिका अन्जु पन्तको आवाज रहेको छ ।

पोखरामा रहेर संघर्षरत रहे पनि नेपाली संगीत क्षेत्रमा भने रिजालको योगदान अतुलनीय छ । खासगरी नेपाली लोकगीत क्षेत्रमा उहाँले सिर्जना गरेका गीतहरुलाई रुचाइएको छ । प्रेमिल भावका गीत सँगै रिजालले सामाजिक यथार्थपरक विषयवस्तुमा आधारित गीत पनि सिर्जना गर्नुभएको छ ।

घर शुन्य भो, बाख्रा पालम्ला उनका सामाजिक यथार्थपरक गीत हुन् । यस बाहेक अमिलो रसैले, सरसर, तिम्रो पछ्यौरी(रत्यौली), ओई माया, ढल्के बरको छायाँले, बम्बैको साडी, हुन हुनि थियो र मलाई, प्यार प्यार, डालीमा बसेको चरी, जन्मघर माइतैमा, डाली रित्तै भो जस्ता रिजालका गीत चर्चामा छन् ।

Comments
Loading...