संसदीय पत्रकार मञ्च गण्डकीको अध्यक्षमा भरत कोइराला निर्वाचित

हिमाली आवाज । संसदीय पत्रकार मञ्च गण्डकीको अध्यक्षमा भरत कोइराला निर्वाचित हुनुभएको छ । पोखरामा आज सम्पन्न तेस्रो अधिवेशनले कोइरालाको अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको हो ।

निर्वाचित कोइरालाले १२ मत प्राप्त गर्दा उहाँका प्रत्याशी रोहित पराजुलीले ८ मत ल्याउनुभयो । मञ्चको उपाध्यक्षमा विशन क्षेत्री, सचिवमा तारा चापागाईं र कोषाध्यक्षमा उमा आले सर्वसम्मत चयन हुनुभयो ।

यसैगरी सदस्यहरुमा युवराज श्रेष्ठ, उमेश पुन, युवराज गुरुङ र ऋषिराम बराल चयन हुनुभयो ।

Comments
Loading...