गण्डकी प्रदेश सरकारले पूर्णता पायो,चार मन्त्रीको शपथ

हिमाली आवाज । गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो । आज चार मन्त्री थपिनुभएको छ ।

प्रदेश प्रमुखको कार्यालयमा आज काँग्रेसका महेन्द्रध्वज जीसी, जीतप्रकाश आलेमगर र दीपेन्द्रबहादुर थापा तथा माओवादी केन्द्रका रेशमबहादुर जुग्जालीले शपथ लिनुभयो ।

माओवादीका जुग्जालीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय पाउनुभएको छ । यसैगरी काग्रेसका जीसीलाई कृषि तथा भूमि व्यवस्था, आलेमगरलाई आर्थिक मामिला र थापालाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसैगरी माओवादीका सुशिला सिम्खडालाई सामाजिक विकास तथा स्वास्थ्य र काग्रेसका सरस्वती अर्यालले उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मा पाउनुभएको छ ।

नेकपा एमालेका खगराज अधिकारीको सरकार ढलेपछि कांग्रेसका पाण्डे गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री पाण्डेसँगै कांग्रेसकी अर्याल र माओवादीकी सिम्खडाले वैशाख १५ गते विनाविभागीय मन्त्रीका रूपमा शपथ लिनुभएको थियो ।

Comments
Loading...