पोखरामा क्रेनको ठक्करबाट लाहाचोककी ३८ वर्षीया महिलाको मृत्यु

हिमाली आवाज । पोखरामा भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।

यही वैशाख २८ गते पोखरा महानगरपालिका वडा नं ५ स्थित पोखरा—बाग्लुङ सडक खण्डमा क्रेनको ठक्करबाट पैदलयात्री माछापुच्छ«े—४ लाहाचोक बस्ने ३८ वर्षीया धना अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रस्र्याङबाट जिरो किमीतर्फ जादै गरेको ग १ क ५८०५ नं. को क्रेनको ठक्करबाट गम्भीर घाइते अधिकारीको गण्डकी मेडिकल कलेजमा आज विहान उपचारका क्रममा निधन भएको हो । प्रहरुीले ठक्कर दिने क्रेन र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको जनाएको छ ।

Comments
Loading...